Nepal Flag
"Would you Like to Post any thing related to This blog you can send E-mail to me guidedinesh@gmail.com or dinesh_tamang33@yahoo.com"तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः guidedinesh@gmail.com or dinesh_tamang33@yahoo.comतपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

भाग्य बिधाता को ?

भाग्य के ईश्वरको हातमा छ ? होइन भाग्य अल्छिहरुको नारा हो यो ,नत्र कर्मठ ब्यक्तीहरुको भाग्य सधैं उज्ज्वल किन हुन्छ ?
-वर्डसवर्थ
हामी आफ्नो भाग्य बिधाता स्वयँ हौ ।
-अरस्तु


प्रत्यक ब्यक्तीहरुको रहन सहन अलग अलग हुन्छ । उनिहरुको कृयाकलाप पनि अलग अलग हुन्छ । कोही लखपति छन त कसै सँग खानको लागि पैसा छैन , कोही लाखौं महिनाको कमाउछन त कोही १ हजार पनि कमाउन सक्दैन ।
यो फरक किन ?
यसको एउटै जवाब आउछ - आफ्नो आफ्नो भाग्य !
भाग्य !!!
यो भाग्यले मानिसहरुलाई जती अल्मलाएर राखेको छ कि त्यती अरु केहीले पनि छैन ।
यो भाग्यको उत्पती कहाँ बाट भयो ? यसको कुनै ईतिहास छैन तर यती अबस्य हो कि केही अकर्मण्य मानिसहरुले यसको प्रचलन गरेको भने अबस्य हो ।
जो केही काम गर्दैनन , परिश्रम गर्न बाट पछि हट्छ र जसको एक मात्र इच्छा हुन्छ कि आफुसँग सित्तैमा सबैथोक आओस यिनीहरु नै भाग्यको कुरा गर्छन् ।
वास्तवमा यो भाग्य के हो कसैले बुझ्न सकेको छैन । यस्तोमा श्यालको यो कथा सान्दर्भिक लाग्छ कि माथि रुखमा झुण्डिएको अङ्गुर टिपेर खान नसकेर उसले त्यो अङ्गुरहरु अमिलो छ भनेर चित्त बुझाएर फर्कियो जबकी अङ्गुर गुलियो थियो । यसरी नै भाग्यबादी मानिसहरु सबै थोक गर्ने क्षमता भएर पनि अल्छि र कामचोर हुनाको कारण भाग्यको कुरा मानेर त्यतिकै चुपचाप बस्छन ।
जसको भाग्य तपाईं प्रबल मान्छौ त्यसको भित्री कुराहरु सबै बुझेर हेर्ने कोशीस गरौ , उसलाई सोधौ दिनचर्या हेरौ । के उसले यस्तो सफलता त्यतिकै केही नगरेर पाएको हो त ? उसले पनि रात दिन कठोर मेहनत परिश्रम गरेरै यस्तो सफलता हासिल गरेको हो । तब तपाईंलाई थाहा हुनेछ कि मानिस आफ्नो भाग्य आँफै बनाउन सक्षम छ । जे जती पनि आफु सँग छ त्यो सबै आफ्नो कर्म र सुझबुझको फल हुन्छ । हामीले उसको जस्तो कर्म र जुझबुझ सँग काम गर्न सकेनौ र हामी दशाहिन छौ । यो एक यस्तो सत्य हो कि यो कुरा इमान्दारीका साथ हामी स्विकार्न वाध्य छौ । त्यसैले सुझ बुझ र कर्मको सफलताको कुरा लाई अकर्मण्य - इर्श्यालु मानिसहरुले भाग्यको नाम दिएर राखेको छ । यसरी भाग्यको प्रचलन हुन भएको हो ।
भाग्यलाई यसरी रचना गरी सके पछि उसको जन्मदाता ईश्वर लाई बनाइयो र यो तर्क दिन थालियो कि जे जती ईश्वरले भाग्यमा लेखी दिएको छ त्यो मात्रै पाईन्छ । मानिसको आफ्नो भाग्यको अगाडि केही चल्दैन र यसको प्रमाणमा नाना प्रकारको तर्क दिन थालियो । यसरी भाग्यको नाम बाट धेरै मानिसहरुलाई अल्मलाई राखियो । एक किसिमले आफ्नो प्रगतिको पथ भाग्यको कुरा गरेर आफु स्व्यमले नै अबरुद्द गर्‍यो ।
मनुस्य नै संसारको सबै प्राणी मध्य एक यस्तो प्राणी हो जसलाई ईश्वरले सबै थोक दिएको छ । मनुस्यले प्रक्रिती गुणको अलावा आफ्नो कौशल द्वारा अफु प्राणीहरुको गुण पनि अपनाउन सक्छ । उदहरणको लागि केवल माछाहरु नै पानीमा तैरिन सक्छ मानिसहरुमा यो गुण जन्मजात हुँदैन तर उसले तैरिन सिक्न सक्छ , उड्नु पंक्षिहरुको धर्म हो तर मनुस्य हबाईजहाज बनाएर उड्न सिकी सक्यो । यसरी मानिसलाई प्रक्रितीले यसरी बनाएको छ कि उसले जे पनि गर्न सक्छ । अत: जब प्रक्रिती बाट पाएको सुबिधाको हामी लाभ हामी उठाउन सक्दैनौ त हामी भन्दा मुर्ख अरु को हुन सक्छ । प्रक्रितीले हामीलाई सबै दिएको छ यो हाम्रै कम्जोरी हो कि हामी त्यसलाई चिन्न सक्दैनौ नत्र हामी जे जती पनि चाहन्छौ त्यो हाम्रै अगाडि चारैतिर घुमिरहेको छ ।
हामीलाई के चाहिएको छ ?
यो कुरामा बिचार गरौ र गम्भिरता पूर्वक त्यसको लागि योजना बनाऔ । योजना बनाएर त्यसै अनुरुप काम गरौ , बराबर प्रयत्नशिल रहौ । एकदिन हामीले आफ्नो इच्छापुर्ती गरेरै छाड्छौ ।
आवश्यकता छ त कर्म को , श्रम , परिश्रम र साहसको ।
हामी सबै थोक पाउन सक्छौ ।
सबै थोक हाम्रो भाग्यमा लेखिएको छ । आफ्नो भाग्य बिधाता हामी आफु स्वयम हौ । हामी आफ्नो भाग्य स्व्यमले बनाउन र बिगार्न सक्छौ । अत मैदानमा आउनुहोस् , बिना संघर्ष युद्दमा केही पाईदैन । यदि हामी सँग श्रम छ, साहस छ भने हामी सबै पाउन सक्छौ । जसको लठ्ठी उसैको भैंसी भनेझै जसको कर्म उसैलाई फल । हामीले आँफै यि कुरामा बिचार गरौ निर्णय गरौ र आफ्नो सामर्थ्य बाटै सफलता प्राप्त गरौ ।

जे चाहिन्छ त्यो कसरी पाउने ?

_____________एउटा चुम्बक लिनुस् , त्यसलाई काठको नजिक लानुहोस् । के काठ चुम्बक तिर आकर्षित हुन्छ ? हुँदैन ... तामा रबर सँग पनि उसको केही प्रभाब हुँदैन । अब चुम्बकलाई फलामको अगाडि लानुहोस् र हेर्नुहोस् ... के असर हुन्छ ? चुम्बकले फलामलाई आफ्नो तर्फ खिच्छ , आकर्षण उत्पन्न गर्छ । प्रत्यक पदार्थमा कुनै न कुनै किसिमको चुम्बक हुन्छ र त्यो सम्बन्धित पदार्थमा आफ्नो प्रभाब पार्छ अथवा यो भनौ कि त्यसलाई आफ्नो तिर आकर्षित गर्छ । यो कुनै बस्तु जगतमा मात्र होइन चेतन जगतमा पनि लागु हुन्छ । चेतन जिवमा पनि एक अर्का प्रति आकर्षण हुन्छ । मानव पनि यसको अपवादमा छैन । मनुष्यमा पनि चुम्बक हुन्छ । उसमा पनि एक प्रकारको आकर्षण शक्ती हुन्छ र उसले त्यही पदार्थलाई आफ्नो तिर आकर्षित गर्छ जो सँग उसको सम्बन्ध हुन्छ । जुन बस्तुमा वा मनुष्य सँग हाम्रो बिचार र उदेश्यको सम्बन्ध हुन्छ त्यही पदार्थ र मनुष्यलाई हामी आफ्नो तिर आकर्षित गर्छौ ।

यो समयमा हामी सँग जे जती छ , हाम्रो घर, कुटुम्ब, ईष्ट मित्र आदी अथवा हाम्रो चारै तिर जुन बायुमण्डल छ त्यो सबै हाम्रो मानसिक आकर्षणको कारण नै बनेको हो । जब सम्म हाम्रो मनमा उनिहरु प्रती आकर्षण छ तब सम्म उनिहरु हाम्रो आफ्नो हो , जब सम्म हामीले उनिहरुलाई आफ्नो बनाएका छौ तब सम्म उनिहरु हाम्रो हुन । जब हाम्रो मन, हाम्रो आकर्षण उनिहरु प्रति सकिन्छ तब उनिहरु सँग हाम्रो नाता टुट्छ र हाम्रो लागि पराए हुन जान्छ । उदाहरणको लागि जब सम्म एक मनुष्यको आफ्नो पत्नी प्रति वा एक पत्नी आफ्नो पति प्रति आकर्षण छ तब सम्म उनिहरु पतिपत्नी हुन जब त्यो आकर्षण हराउछ उनिहरु एकअर्काको लागि पराए हुन जान्छ र दुबै आ-आफ्नो बाटो हिड्छन ।
आपसको यही आकर्षण, चुम्बकत्वको कारणले नै सम्बन्ध बनिरहेको छ । हाम्रो नाता कायम छ, एक अर्का प्रति माया छ । हाम्रो यही चुम्बकत्व नै यसको आधार हो । संसारको सबै प्राणी एक अर्काको चुम्बकत्वको कारणले नै आकर्षित छन । यो एक शाश्वत सत्य हो ।

यही आकर्षण नै हाम्रो आशा , आकाँक्ष्याहरुको आधार हो , यसैले हाम्रो जीवनको दिशा निर्देश गर्छ । यदि हाम्रो जीवनमा गरीबी, निराशा, असफलता को बिचार आईरहन्छ भने त्यसको फल पनि अबस्य पनि त्यस्तै नै भोग्नु पर्ने हुन्छ । सब आफ्नो मन बाट सफलता, आशा, र लक्ष्मीको बिचार निकालिन्छ त आफुमा उत्साह उल्लास कहाँ बाट आउछ ? मुख्य कुरा यो हो कि जब हामी आफ्नो सफलतालाई आफ्नो मनमा स्थान दिदैनौ त्यसलाई प्राप्त गर्नको लागि परीश्रमको आवश्यकता छ त्यो गर्दैनौ तब सफलता कसरी प्राप्त हुन्छ ? आफु भित्र लुकेको शक्ती थाहा नहुनाले हामी आफ्नो काममा पुरा सामर्थ्य लगाउन सक्दैनौ र यसको परिणाम यो हुन्छ कि हामी असफल हुन्छौ । यो एउटा धुर्ब सत्य हो कि कुनै बस्तुलाई प्राप्त गर्नु छ भने त्यसैको बिचार आफ्नो मनमा लिईराख्नु नितान्त आवश्यक हुन्छ । जब हामी कुनै बिषयमा सफलता प्रति सन्देह गर्न थाल्छौ तब आफ्नो सफलतालाई आफु स्वयम पर धकेल्दै जान्छौ तब यो पक्का थाहा पाउनुहोस् कि हामी सही बाटो हिंडेका छैनौ ।

यो सत्य हो कि जुन पदार्थ को कामना हाम्रो मनमा उठ्छ त्यो हाम्रो लागि प्रक्रितीले स्व्यम हाम्रो लागि सुरक्षित राखी छाडेको छ । यो कुरामा तपाईं हामी चिन्ता नगरौ कि हाम्रो जीवन निराशाले घेरीएको छ, अन्धकारमय छ । यदि आफ्नो मनमा द्रिढ ईच्छा छ, संकल्प छ र परीश्रम गर्नको लागि तयार... त त्यो पदार्थ अबस्य पनि मिल्छ मिल्छ । निरन्तर सफलताको आशा गर्नु, विश्वाश गर्नु, सफलताको सपना सधैं देख्नु नै सफल हुने सुत्र हो । सफलताको बाटोमा शुरुमा असफलता हात पर्न सक्छ तर असफलता सँग कहिले पनि निराश हुनु हुँदैन । असफलतालाई आफ्नो मन बाटै निकाली दिई फेरी नयाँ उत्साह उमङग र साहस लिएर काममा लाग्नु सफलता तपाईंको सामु आएरै छोड्छ ।

कुनै नयाँ काम थालनी गर्न कुनै प्रतिक्ष्याको आवश्यक्ता छैन, कुनै साइत जुराइ राख्नु पर्दैन । प्रत्यक घडी शुभ छ जब उठ्यो तब बिहान भने झै बिहान हुने प्रतिक्ष्या नगरौ । अल्छिपना र नैरास्यताको निन्द्रा त्यागेर आजै जागौ र आफ्नो काम शुरु गरौ । आजै निर्णय गरौ र काम शुरु गरौ , तपाईं सँग केही छैन त के भयो द्रिढ सँकल्प त छ नि । यो नै सबै भन्दा ठुलो सम्पत्ति हो पुँजी हो जो कहिले सकिदैन र कसैले खोस्न सक्दैन । आफ्नो यही पुँजी लगाएर तपाईं सँघर्ष शुरु गर्नुहोस् तपाईंको बाटो आँफै बन्दै जानेछन । तपाईं लगातार अगाडि बढ्दै जानु हुनेछ .. कुनै अभाबले तपाईंको बाटो छेक्न सक्नेछैन ।

उठ्नुहोस् , अहिले नै आफ्नो केही लक्ष्य बनाउनुहोस् । के चाहनु हुन्छ तपाईं ? जे चाहनु हुन्छ त्यो पाउनुहोस् , आफ्नो हात अगाडि बढाउनुहोस् ,सबै मिल्नेछ । कुनै सोच बिचार को आवश्यकता छैन ईश्वर तपाईंको साथ छ र सफलता बिजयमाला लिएर तपाईंको प्रतिक्ष्या गरिरहेछ ।

आफुलाई चिन्नुस्

यस्तो ब्यक्ती शायदै कोही होला जसले आफ्नो अनुहार ऐनामा नहेरेको होस् । ऐना सँग मनिसको सम्बन्ध सधैं जसो भई रहन्छ । हामी त्यस्मा आफ्नो अनुहार हेर्छौ, श्रिङ्गार गर्छौ, आफुले आफुलाई चिन्छौ कि हाम्रो अनुहार यस्तो छ तर हामीले कहिले ऐनामा हेरेर यो प्रश्न गरेका छौ कि हामी को हौ ? के हौ ? के यि प्रश्न हामीले आफ्नो मन लाई कहिले सोधेका छौ ?

आफुले आफुलाई चिन्ने कोशीस गरेका छौ ? अनुहार बाट त आफुलाई चिनेका छौ यो अर्कै कुरा भयो तर आफ्नो वास्तविक रुपलाई चिन्नु अर्कै कुरा हो । दर्शनिकहरु भन्छन कि मानिसले आफुले आफुलाई चिन्नु सब भन्दा काठिन कार्य हो । जो कोहि मनुस्यले आफुले आफुलाई चिन्न सक्दैन । मानिसहरु सधैं आफ्नो बाहिरी रुप को भ्रममा रहन्छ । वास्तवमा जती खेर जसले आफुले आफुलाई चिन्छ त्यती खेर मात्र उ मनुस्य ठहरिन्छ । त्यती खेर उसले आफ्नो सम्पूर्ण गुण, शक्ती थाहा पाउछ । आफ्नो आत्मा बोध हुने बित्तिकै उ तुरुन्तै उन्नती प्रगती तिर लम्किन्छ ।

शँका र अबिश्वास

शँका र अबिश्वासले भरिएको हृदय जीवनमा सफलताको लछ्य प्राप्त गर्न असमर्थ हुन्छ । जिवनको अमुल्य सिदान्त यो हो कि यदि आफ्नो सफलता प्रती शँका गर्न थालिन्छ भने कहिले पनि पूर्ण सफलता पाउन सकिदैन । ठीक यसैगरी जसरी आकाश तिर ढुँगा फ्यक्दा त्यो ढुङ्गा आकाश तिर नगइकन भुइ तिर खस्छ ।

आत्मबिश्वासको अभाबमा भगवानले पनि मानिसको मद्घत गर्न सक्दैन । सफलता प्राप्त गर्न काम प्रती भरोसा राख्न जरुरी छ । जुन मानिसमा आत्मबिश्वासको कमी हुन्छ वा सफलता प्रती आफ्नो मन मा शँका हुन्छ त्यो मानिस कहिले पनि सफल हुँदैन । सफलता पहिला मनमा आउनु जरुरी छ जब आफ्नो मननै सफलता प्रती शँकाले भरिएको छ त सफल कसरी हुन सकिन्छ ।

आत्मबिश्वासी र आत्मबिश्वासहिन ब्यक्तिमा आकाश जमिनको फरक हुन्छ । एउटाको बाटो सफलता तिर लम्किन्छ भने अर्कोको बाटो पराजय तिर । हामीमा आत्मबिश्वास जती जती बढ्दै जान्छ कार्य सक्ती पनि उती उती निखारिदै आउछ । त्यसैले आफ्नो विश्वाश लाई द्रिढ राखु पर्छ । जुन कुरामा पनि शँका र अबिश्वास गरेर हेर्नु हुँदैन । शँका र अबिश्वासलाई मन बाटनै त्याग्न सके जीवन अबस्य पनि सफलता तिर अग्रसर हुन्छ ।

सपना र इच्छाहरु

यस्तो को मानिस छ जसले सपना देख्दैन , इच्छाहरु पाल्दैन ? संसारमा कोही पनि मानिसहरु यसको अपबादमा छैन । सडकमा कुष्ठ रोगले ग्रस्ट रोगी भिखारी पनि महलको राजकुमारको सपना देख्छ र यो कल्पना गर्छ कि महलको शानदार जीवन ब्यतित गरी रहेछ । सपना र इच्छाहरुलाई कसैले रोक्न सक्दैन । धनी होस् या गरीब सपना सबैले देख्छ इच्छाहरु सबैले राख्छ । सपना र इच्छाहरु बिना मान्छे बाँच्न सक्दैन ।

यही सपना र इच्छाहरुले नै मानिसलाई जिवित राख्छ र हर प्रकारले सपनाहरु र इच्छाहरुलाई पुरा गर्न प्रयत्नशिल रहन्छ र यसैले आफ्नो जीवन जिउन र संघर्श गर्न प्रेरणा दिन्छ । मानिसको सपना र इच्छाहरुको कुनै सिमा छैन , एउटा सपना वा इच्छा पुरा हुन्छ त फेरी अर्को सुरु हुन्छ । हामी सपना र इच्छाहरु राख्छौ जब हामी आफ्नो भन्दा धेरै खुशी सम्पन्न मानिसलाई देख्छौ र हामीमा इर्ष्या पलाउछ । हामी पनि त्यो मानिस झै सुख सम्पन्न हुन चाहन्छौ र जब त्यो प्राप्त गर्न सक्दैनौ हामी परिस्थिती सँग हार मन्छौ । यो सोच्न थाल्छौ कि सबै आफ्नो आफ्नो भाग्यको खेल हो । त्यो मानिसको भाग्यमा सबै लेखेको छ मेरोमा छैन ।

बस्तुत: यो भाग्य शब्दले मानिसलाई सबै भन्दा भ्रममा राखेको छ , गुमराह गरेको छ । अधिकाँस मानिसहरुलाई यो कुरा दिमागमा बसेको छ कि जो भाग्यमा लेखेको छ त्यो मात्र पुरा पाईन्छ , बिना भाग्य केही पनि पाइदैन । सुख सम्पत्ति सबै भाग्यकै खेल हो । मान्छे भाग्यको अधिनमा छ । अत: हामीले आफ्नो सारा सपना र इच्छाहरुलाई भाग्यको हातमा सुम्पेका छौ । सपनाहरु पुरा हुनु नहुनु भाग्यमा निर्भर रहेको सोच्छौ ।

तर्कको गहिराइमा र व्यबहारको जीवनमा भाग्य सम्बन्धी धारणाहरु एकदम झुठो पाइएको छ । यस्तो धेरै मानिसहरु यो संसारमा छन जसको हातमा न भाग्य रेखा छ न सुर्य रेखा । यसको बाबजुद ति मानिसहरुको जीवन सुखी सम्पन्न र सम्रिद्द छ । धेरै जसो मानिसहरुको हातमा जीवन रेखा सम्म छैन तर त्यही मानिस लामो आयु बाँचेको पाइएको छ ।

त्यसैले हामीले यो कुरा गहिरिएर सोच्नु आवश्यक छ कि हस्तरेखा र भाग्य केही पनि होइन, यसबाट जीवनमा केही पनि प्रभाब पर्दैन । हाम्रो सपनाहरु र इच्छाहरुमा भाग्यले कुनै प्रभाब पार्दैन । यसो त यो कुरा प्रमाणित भई सकेको छ कि कर्मले भाग्य बनाउछ । त्यसैले मानिसहरुले आफ्नो सपनाहरु र इच्छाहरु आफ्नो सामर्थ छ भने अबस्य साकार गर्न सक्छ , त्यसलाई पुरा गरेर देखाउन सक्छ ।

राष्ट्रिय गन

अहिले नेपालमा कती बज्यो!! Nepal Flag

सयौं थुँगा फूलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची- महाकाली। प्रकृतिका कोटीकोटी सम्पदाको आँचल वीरहरुका रगतले स्वतन्त्र र अटल ज्ञानभूमि शान्तभूमि तराइ पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल।

नेपाल चौतारी भ्रमण गर्नु भएकोमा यहाँहरु लाई मुरी-मुरी धन्यवाद् छ। कृपया फेरिपनी नेपाल चौतारीमा चियाउदै गर्नुहोला। तपाईंको दिनहरु सधैं शुभ-रहोस्। धन्यवाद् ।